२४ बैशाख २०८१, सोमबार
Follow Us

स्पेनी सभामुखले भेटिन् ओलीलाई

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०७८, शुक्रबार ०७:०६

काठमाडौं । नेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएकी उनले शुक्रबार अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । यसअघि बिहीबार देल्गाडोको टोली पाटन दरबार स्क्वायरको भ्रमण गरेको थियो ।