२६ श्रावण २०८२, सोमबार
Follow Us

प्रधानमन्त्री देउवासँग बेलायतका लर्डसहरुको भेटवार्ता

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७८, शनिबार १६:३७

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका लर्डस स्वराज पल, लर्डस शेख र लेडी शेखले शिष्टाचार भेटवार्ता गरेका छन् । यहाँस्थित नेपाली राजदूतावासमा आज विहान भएको भेटमा उनीहरुले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल–बेलायत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए

द्विपक्षीय सम्बन्धका जानकार तथा चिरपरिचित उनीहरुले सम्बन्ध सुदृढ गर्न आफूहरुको सबै प्रकारको सहयोग सदभाव् रहिरहने विश्वास दिलाए । उनीहरु बेलायतको संसदमा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध र त्यसलाई प्रबद्र्धन गर्ने सम्बन्धमा धारणा व्यक्त गर्दै बेलायत सरकारले नेपाललाई गर्दै आएको सहयोगको सरहाना गरे । भेटमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र सचिव पौड्याल, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, यहाँस्थित नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायत थिए ।

नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन आइपुगेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यही रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ ।

धेरै पढिएको