२३ बैशाख २०८१, आईतवार
Follow Us

का‌ग्रेस सभापति बन्न देउवालाई ८२ मत पुगेन, नेताहरुको दौडधुप सुरु

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७८, मंगलवार ०३:४०

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदको चयन दोस्रो चरणमा प्रवेश गरेको छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत नल्याएकाले सभापति चयन चरणमा प्रवेश गरेको हो । वर्तमान सभापति शेरबहादुर देउवालाई सभापति बन्न ८२ मत पुगेन । उनले कूल खसेको मत ४ हजार ६८१ मतमध्ये २ हजार २ सय ५८ मत मात्र प्राप्त गरे ।

देउवाका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १ हजार ७२९ मत प्राप्त गरे । त्यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ मत प्राप्त गरे भने कल्याण गुरुङको नाममा २० मत रह्यो ।

सभापति पदको नतिजामा शेरबहादुर देउवाले बहमुत पुर्‍याउन नसकेपछि उनका निकटस्थ नेता बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न चाकस्सीबारी पुगेका छन् ।

सभापतिका लागि पहिलो चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर कोइरालाबीच चुनाव हुने भएपछि गृहमन्त्रीसमेत रहेका खाँण सिंहलाई भेट्न पुगेका हुन् । सिंह पनि सभापतिको दौडमा थिए । तर, उनी पहिलो चरणबाट बाहिरिएका छन् ।

खाँण देउवा प्यानलबाट उपसभापतिका उम्मेदवार हुन् । सभापतिबाहेक पदाधिकारीको मतगणना बाँकी रहेको छ ।