७ जेष्ठ २०८१, सोमबार
Follow Us

आज न्याय सेवा आयोगको बैठक, जिल्ला न्यायाधीशकाे नतिजा प्रकाशन हुने

नेपालब्रिटेन संवाददाता
७ पुष २०७८, बुधबार ०४:३८

काठमाडौं । न्याय सेवा आयोगको बैठक आज बुधबार बस्दैछ । जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगको बैठक अपराह्न ३ बजेका लागि बाेलाएका हुन् ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले पनि जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्न बैठक बस्न लागेको पुष्टि गरे ।

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष आयाेगकाे सदस्य रहन्छन् ।