२१ असार २०८३, आईतवार
Follow Us

गगन थापाको टिप्पणीः सरकार ‘लाइफ’मा भन्दा ‘लाइक’ मा बढी खुसी देखियो’

नेपालब्रिटेन संवाददाता
२१ असार २०८३, आईतवार ११:२०

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बालेन्द्र शाह नेतृत्वको सरकारको गतिबिधि प्रति असन्तुष्टी जाहेर गरेका छन । 
शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यकालमा गरेका कार्यशैली र ब्यावहार प्रति असन्तुष्टि व्यक्त गरेका हुन् । 

नेपाली कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ मा बोल्दै थापाले वर्तमान सरकारले १०० दिनमा ‘लाइफ’ भन्दा ‘लाइक’लाई बढी महत्त्व दिएको उनको आरोप छ ।

‘वर्तमान सरकारले १०० दिनमा ‘लाइफ’ भन्दा ‘लाइक’ मा बढी केन्द्रित भएको छ, सरकारले निर्णय गर्दै गर्दा मान्छेको कुनै पनि लाइफलाई के फरक पर्छ भनेर नसोच्ने भयो, मैले गरेको कामले लाइक कति वटा थप्छ भनेर सोच्ने मात्रै भयो, जो हाम्रो लागि चिन्ताको विषय हो,’ उनले भने । 

सरकारले परिणाम दिनु महत्त्वपूर्ण भए पनि त्यसका लागि कानुनी प्रक्रिया र विधि मिच्न नहुने थापाले बताए । थापाले वर्तमान सरकारले ‘विधि र प्रक्रिया होइन, परिणाम मात्रै महत्त्वपूर्ण हो’ भन्ने सोचले अगाडी बढेको आरोप लगाए । 

धेरै पढिएको