३१ बैशाख २०८१, सोमबार
Follow Us

संसदको म्याद बढाउने चाहना छैन : देउवा

नेपालब्रिटेन डट कम्
१६ माघ २०७३, आईतवार १४:१८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको म्याद बढाउने चाहना नभएको बताएका छन् । एक वर्षभित्र तीन तहकै निर्वाचन गर्नुपर्ने पक्षमा आफू रहेको भन्दै उनले मधेसकेन्द्रित दलहरुका मुद्दा पनि वार्ताकै माध्यमबाट समाधान गरिने बताए । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सभापति देउवाले हिमाल, पहाड, तराईबीच एकता बढाउनुपर्नेमा जोड दिए । मधेसी दलहरुले आन्दोलनको धम्की दिएको भन्दै उनले उनीहरुको माग वार्ताबाट सम्बोधन हुने पनि बताए ।