२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए निर्वाचनः कुल आचार्य समूहद्धारा २८ देशमा नयां प्रतिनिधि माग (प्रमाण सहित)

नेपालब्रिटेन डट कम्
७ पुष २०७८, बुधबार २१:२०

लण्डन । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले २८ देशमा महाधिवेशन प्रतिनिधि परिवर्तन गरे पछि मात्र निर्वाचनमा जाने अडान लिएको छ ।

संघको प्रतिनिधि विवाद मिलाउन गठित एक समितिमा प्रस्तुत मागमा ती देशमा प्रतिनिधिको नाम परिवर्तन गर्न प्रस्ताव गरिएको छ ।
संघको ६५ राष्ट्रिय समितिमा भएको निर्वाचन मध्ये तीन देशका प्रतिनिधिलाई महाधिवेशनमा भाग लिन नदिने आचार्य समूहको तयारी छ ।

मेक्सिको, कोस्टारिका, रोमानिया राष्ट्रिय समितिका महाधिवेशन प्रतिनिधिलाई मतदाता नामावलीबाट हटाउन माग गरिएको छ ।

यस्तै नवनिर्वाचित कार्यसमितिले प्रतिनिधि पठाउन पाउनु पर्ने माग गरिएका देशमा अमेरिका, क्यानाडा, युके, अष्ट्रिया, साइप्रस, चेक रिपब्लिका, फ्रान्स्, आयरल्याण्ड र अष्टे«लिया छन् ।

आचार्य समूहले आफ्नो अनुकुल रहेका देशका प्रतिनिधिलाई मात्र मानेर निर्वाचन जान सकिने तर्क गरेको छ ।

सो समूहले केही देशमा नयाँ प्रकृयाबाट प्रतिनिधि छान्नु पर्ने माग गरेको छ । ती मध्ये जर्मनी, जापान, र बेल्जियम रहेका छन् ।

यसअघि सर्वसम्मतले प्रतिनिधि छानिएका लग्जेम्वर्ग, टर्कि, नर्दनआयरल्याण्ड, साउदी अरब, र युएईमा समेत प्रतिनिधि पुर्नरावलोकन गर्न माग गरिएको छ ।

यस्तै रुस र न्युजिल्याण्ड, पपुवान्युगेनीमा वितरण गरिएका पंन्जिकृत सदस्यहरुकै पुर्नरवलोकन गरेर मात्र प्रतिनिधि छनोट हुनु पर्ने सो समूहको माग छ ।

गैरआवासीय नेपाल संघको निर्वाचन प्रतिनिधि विवादका कारणले तीन महिना देखि अबरुद्ध छ ।

कुल आचार्य समूहले एक एक वर्ष नेतृत्व लिने गरि अघि सारेको पावर शेयरिङको प्रस्तावलाई अध्यक्षका लागि प्रत्यासीद्धय डा. बद्री केसी र रविना थापाले अस्वीकार गरे पछि प्रतिनिधि विवाद समाधान गर्न छलफल केन्द्रीत रहेको बताएको छ ।
संघको निर्वाचन डिसेम्बर २६ र २७ मा हुने भनिए पछि अध्यक्ष कुमार पन्तले प्रतिनिधि विवाद अन्त्य गर्न एक उपसमिति गठन गरिदिए पछि निर्वाचन थप अन्योलमा परेको हो ।