३ श्रावण २०८२, शनिबार
Follow Us

धेरै शुल्क माग गर्ने मेडिकल कलेजलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७८, सोमबार ०६:१५

काठमाडौं । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा धेरै शुल्क माग गर्ने मेडिकल कलेजहरुलाई कानुन बमोजिमका कारबाही गर्न गृहमन्त्रालयले जिल्ला प्रशाशन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

कतिपय मेडिकल कलेजले आयोगले तोकेको भन्दा धेरै शुल्क उठाएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयहरुले कारबाहीको प्रकृया अघि बढाएका छन् । कलेजले अतिरिक्त शुल्क माग गरेको बारे लिखित उजुरी आएमा ठगी अर्न्तर्गत मुद्दा चलाउने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो । सो कार्यालयले मोरङका नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजलाई अतिरिक्त शुल्क नलिन पत्राचार पनि गरेको जनाएको छ ।

धेरै पढिएको