४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

ललितपुर एमालेमा नेतृत्वका लागि पुरुषोत्तम र चेतनाथकाे दाैड

नेपालब्रिटेन संवाददाता
२४ पुष २०७८, शनिबार ०४:१२

ललितपुर । नेकपा(एमाले) ललितपुर अध्यक्षमा दुई जनाले दाबी गरेका छन् । शुक्रबार आठौं अधिवेशन सुरु भएसँगै चेतनाथ सञ्जेल र पुरुषाेत्तम आचार्य अध्यक्षका लागि तीव्र दाैडधुपमा छन् । नेताहरुले भने सहमतिबाटै नेतृत्व टुंग्याउन प्रयास गरिरहेका छन् । सातदोवाटोस्थित एक पार्टी प्यालेसमा सुरु हुने बन्दसत्रमा सहमतिको प्रयास हुनेछ ।

चेतनाथ आफ्नो पक्षमा दुईतिहाई रहेको प्रचार गर्दै आइरहेका छन् भने पुरुषोत्तम ललितपुर-१ मा समेत गत मंगलबार भएको प्रतिनिधि छनाेटपछि आफू बलियो बनेको तर्क गर्न थालेका छन् । एमालेले शुक्रबार ६१ वटा जिल्लामा अधिवेशन सुरु गरेकाे थियाे । ती जिल्लामा नयाँ नेतृत्व चयन भइरहेकाे छ ।