१५ चैत्र २०८०, बिहीबार
Follow Us

बंगलादेशविरुद्ध न्युजिल्याण्डलाई इनिङसहितको जित

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७८, मंगलवार १२:३६

रस टेयलरको सुखद् बिदाई भएको दोस्रो टेष्टमा बंगलादेशविरुद्ध न्युजिल्यान्डले इनिङसहित ११७ रनको जित हासिल गरेको छ । काईष्टचर्चमा सुरुआती दिनबाटै आफ्नो पकड बनाएको न्युजिल्यान्डले तीन दिनमै खेल जितेको हो । योसँगै न्युजिल्यान्डले १–१ को बराबरी गरेको छ । अघिल्लो टेष्ट बंगलोदशले आठ विकेटले जितेको थियो ।

मंगलबार फलोअनमा परेको बंगलादेश २७८ रनमा अलआउट भएको थियो । बंगलादेशका लिटन दासले १०२ रन बनाए । यस्तै, कप्तान मोमिनुल हकले ३७, नुरुल हसनले ३६, नाज्मुल हसन सान्तोले २९, मोहम्मद नाइमले २४ तथा शादमान इस्लामले २१ रनको योगदान गरे ।

न्युजिल्याण्डका बलर काइल जेमिसनले सर्वाधिक चार विकेट लिए । नेइल बेग्नेरले तीन विकेट लिँदा टिम साउदी, ड्यारेल मिचेल र रस टेलरले समान एक विकेट लिए ।

यसअघि टम लाथनले २५२ रन बनाएपछि पहिलो इनिङमा न्युजिल्याण्डले ६ विकेट गुमाएर ५२१ को विशाल योगफल खडा गरेको थियो । टमले २५२ रन बनाउँदा डेभोन कनवेले १०९ रन बनाए । यस्तै, विल योङले ५४ रन जोड्दा टम ब्लुडेलले ५७ रन जोडेका थिए ।

५२१ रनको लक्ष्यपछि जवाफी ब्याटिङमा आएको बंगलादेश १२६ रनमै समेटिएको थियो । यासिर अलिले सर्वाधिक ५५ र नुरुल हसनले ४१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । न्युजिल्याण्डका टेन्ट बोल्टले सर्वाधिक पाँच, टिम साउथीले तीन र केली जेमिएसनले दुई विकेट लिएपछि बंगलादेश सस्तैमा समेटिएको थियो ।