२३ बैशाख २०८१, आईतवार
Follow Us

ताप्लेजुङमा बैंकर क्लब गठन

नेपालब्रिटेन संवाददाता
९ माघ २०७८, आईतवार ०४:२३

ताप्लेजुङ । स्थानीयस्तरमा बैंक तथा बित्तीय संस्थामा देखिएका समस्या पहिचान गरी बैंकिङ सेवालाई सहज रुपमा लैजान ताप्लेजुङमा बैंकर क्लबको गठन भएको छ ।

सनराइज बैंक ताप्लेजुङमा प्रबन्धक अनिल श्रेष्ठको अध्यक्षतामा समिति गठन भएको हो । समितिमा एनएमबी बैंकका कुलदीप मादेन उपाध्यक्ष, प्रभु बैंकका किरण लिवाङ लिम्बु सचिव, लक्ष्मी बैंकका सुर्दशन रिजाल सहसचिव र मेगा बैंकका रुपा लिम्बु कोषाध्यक्ष र मेगाकै मुक्ति कार्की सहकोषाध्यक्ष छन् ।

समितिमा बिपिन पौडेल, प्रविन खरेल, सुजन श्रेष्ठ, सुमन राई, शशांक गिरी, सुमन महतारा, रमेश अधिकारी, हिमाल गौतम, दीपक भट्टराई, दिनेशकुमार कट्टेल, भरत कोइराला, महेश मुखिया, बिमला निरौला, निरज गडेरी र सागर भट्टराई सदस्य छन् ।

अनिल श्रेष्ठ, नवनिधि ढकाल, सुवास पराजुली, राजेन्द्र तिमल्सिना, दीपकराज गिरी,संगमदीप श्रेष्ठ र सुनिल रौनियार रहेको सल्लाहकार समितिसमेत गठन गरिएको छ ।