२३ बैशाख २०८१, आईतवार
Follow Us

घलेले बोकेका कुल आचार्य डेमोक्रयाटको उम्मेदवार हुनैसक्दैनन् : दिलीप पोखरेल, कांग्रेस महाधिवेशन प्रतिनिधि (अष्ट्रेलिया) (भिडियो)

नेपालब्रिटेन डट कम्
९ माघ २०७८, आईतवार ०८:१०


कुल आचार्य कांग्रेस सिध्याउन अभियानमा लागे

लण्डन । अष्ट्रेलियास्थित एक नेपाली कांग्रेसका नेताले गैरआवासीय नेपाली संघको निर्वाचनमा लोकतान्त्रिक समूहको नेतृत्व कुल आचार्यले गर्न नसक्ने बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधि दिलीप पोखरेलले संघका पूर्वअध्यक्ष शेष घलेले बोकेका आचार्यलाई सहयोग गर्न नसकिने बताएका हुन् ।

हेडलाइन नेपाललाई दिएको अन्तरवार्तामा पोखरेलले संघभित्र राजनीतिक रुपमा प्रतिस्पर्धा रहे पछि अजेण्डा अनुसार अध्यक्ष कुमार पन्तसंग समेत सहकार्य गर्न सकिने बताए ।

उनले कुल आचार्य डेमोक्रयाट भए पनि डेमोक्रयाटहरुलाईनै सिध्याउने खोलमा लागेको बताए । उनले संघको यसपल्टको निर्वाचनमा आचार्यलाई कुनै पनि हालतमा लोकतन्त्रवादीको उम्मेदवारको रुपमा स्वीकार नगर्ने जिकीर गरे ।