२७ असार २०८२, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचन प्रकृया अघि बढाउन अध्यक्ष पन्तले दिए निर्देशन

नेपालब्रिटेन डट कम्
११ माघ २०७८, मंगलवार १९:२८

लण्डन । गैरआवासीय नेपाली संघको २८ फेब्रोअरीमा हुने निर्वाचन प्रकृया अघि बढ्ने भएको छ ।

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित कार्यदलको मंगलवार बसेको बैठकको निर्णय अनुरुप अध्यक्ष कुमार पन्तले निर्वाचन समितिलाई तत्तकाल निर्वाचनका सबै प्रकृया अघि बढाउन पत्राचार गरेका हुन् ।

निर्वाचन समितिका एक सदस्यका अनुसार पन्तले निर्वाचन समितिका संयोजक भीमसेन बञ्जारालाई मंगलवार लेखेको पत्रमा ५ फेब्रोअरीमा संघले मतदाताको अन्तिम नामावली निर्वाचन समितिलाई उपलब्ध गराउने उल्लेख गरेका छन् ।

निर्वाचन समितिले एक दुई दिनभित्र बैठक गरेर निर्वाचनको नयां कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको छ । यसअघि संघका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा बसेको कार्यदलको बैठकले निर्वाचन प्रकृया अघि बढाउने सर्वसम्मतले निर्णय गरेको थियो ।

संघको गत अक्टोवरमा तय गरिएको निर्वाचनमा परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरे पछि रोकिएको थियो ।

नयाँ नेतृत्वको लागि संघका उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

धेरै पढिएको