१५ बैशाख २०८१, शनिबार
Follow Us

ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त

नेपालब्रिटेन डट कम्
१४ माघ २०७८, शुक्रबार ११:४०

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि राजदूतमा पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छिन्। नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्य राजदूत नियुक्त भएका हुन्।

सरकारले सिफारिस गरेअनुसार संसदीय सुनुवाइ समितिले उनको नाम २० मंसिरमा पारित गरेको थियो। बेलायत सरकारले उनका लागि एक साताअघि एग्रिमो पठाएको थियो। उनीसँगै सिफारिस भएका अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको एग्रिमो आइनसकेको परराष्ट्र स्रोतले बताएको छ।