२५ बैशाख २०८१, मंगलवार
Follow Us

विदेश जानेलाई नक्कली पिसिआर रिपोर्ट बेच्ने ४ जना पक्राउ

नेपालब्रिटेन डट कम्
१९ माघ २०७८, बुधबार ०५:३४

कोरोना संक्रमण पोजेटिभ आएका व्यक्तिहरुबाट रकम लिएर नेगेटिभ पिसिआर रिपोर्ट बनाएर बेचेको आरोपमा महानगरीय अपराध महाशाखाले भक्तपुरको नागरिक कम्युनिटी अस्पताल र तीनकुनेको कान्तिपुर अस्पतालमाथि अनुसन्धान बढाएको छ।

महाशाखाले ती अस्पतालभित्र ल्याबमा कार्यरत चार जना कर्मचारीलाई पक्राउ गरेको छ। अस्पतालले फोटोको आधारमा पिसिआर रिपोर्ट तयार गरी १५ हजार रुपैयाँमा बेचेको प्रमाण भेटिएको महाशाखाले जनाएको छ। कोरोना संक्रमण पोजेटिभ आएर विदेश जाने नपाएका करिब डेढ जनाभन्दा बढी व्यक्तिलाई नेगेटिभ पिसिआर रिर्पोट दिएको प्रहरीले भेटाएको छ।

कोरोना संक्रमण पोजेटिभ आएकाहरुलाई पनि नेगेटिभ रिपोर्ट बेचेको जानकारी आएपछि महाशाखाले अनुसन्धान थालेको थियो। महाखाशाको टोली अस्पतालमा पुगेरै अनुसन्धान गरेको हो। प्रहरी पुगेको खबर पाएपछि दुबै अस्पतालका सञ्चालक फरार छन्। ल्याबमा कार्यरत कर्मचारी र नेगेटिभ रिपोर्ट दिने भन्दै ग्राहक ल्याउने बिचौलियालाई महाशाखाले पक्राउ गरेको छ। उनीहरुलाई केहीबेरमा सार्वजनिक गरिने बताइएको छ।