२८ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा एसले एमसिसीविरुद्ध फागुन १ गते देशव्यापी प्रदर्शन गर्ने

नेपालब्रिटेन संवाददाता
२६ माघ २०७८, बुधबार १३:२०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले एमसिसीको विरोधमा फागुन १ गते देशभर प्रदर्शन गर्ने भएको छ । नेकपा एस सम्बद्ध मोर्चा सङ्गठनको बैठकले एमसिसी सम्झौताको विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा सङ्गठन प्रमुख डा. विजय पौडेलले बताए ।

फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकै पटक एमसिसीविरुद्ध प्रदर्शन गर्न लागिएको हो । त्यसका लागि जन वर्गीय सङ्गठनहरूलाई बैठकले निर्देशन दिएको छ । एमसिसीको विषय सत्ता गठबन्धनमै पेचिलो बन्दै गएका बेला नेकपा एसले सडकमै उत्रिएर विरोध गर्न लागेको हो ।

फागुन २ गते संसद् बैठक बस्न लागेको र त्यसमा एमसिसी टेबल गर्न प्रधानमन्त्रीले चाहेको भन्दै नेकपा एसले फागुन १ गते नै विरोध प्रदर्शन गर्न लागेको नेताहरुले बताएका छन् ।