२१ बैशाख २०८१, शुक्रबार
Follow Us

तनाव कम गर्न रूसले फौजलाई पछि हटाउनुपर्छ: बेलायत

नेपालब्रिटेन संवाददाता
२७ माघ २०७८, बिहीबार १३:४८

मस्कोले आक्रमण गर्ने योजना बनाएको आशङ्काका कारण रुस र पश्चिमबीचको तनाव कम गर्न रुसले यूक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतले बिहीबार जनाएको छ । बेलायती विदेशमन्त्री लिज टु«सले मस्कोमा आयोजित प्रेस सम्मेलनमा भन्नुभयो, “हामीले युक्रेनी सीमामा रहेका फौज र उपकरणहरू अन्यत्र सरेको देख्नु आवश्यक छ किनभने अहिले यो एकदमै खतरनाक सुरक्षा चासोको अवस्था बनेको छ ।

टु«सले युरोपेली सुरक्षा र यूक्रेनको तनावबारे मस्को र पश्चिमका अधिकारीहरूबीच हप्तौंको गहन वार्ताको पछिल्लो समयमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गर्नुभएको छ । मस्कोमा भएको वार्तापछि ट्रुसले भन्नुभयो, “लाभरोभसँगको मेरो छलफलले सकारात्मक सन्देश दिएको छ । उहाँले रूसको युक्रेनमा आक्रमण गर्ने कुनै योजना नभएको बताउनुभयो तर हामीले ती शब्दहरू पछ्याउनु आवश्यक छ ।”

रूसले आफ्नो पूर्व सोभियतकालिन भूभागमा रहेको छिमेकी यूक्रेन वरिपरि करिब एक लाख सेना तैनाद गरेपछि युक्रेनमा पृथकतावादी द्वन्द्व चर्काउने तयारी भइरहेको पश्चिमी राजधानीका नेताहरुले चेतावनी दिँदै आएका छन् ।

लाभरोभले संयुक्त प्रेस सम्मेलनमा संवाददाताहरूलाई आफू वार्ताबाट ‘निराश’ भएको कुरा बताउनुभयो । रूसी गुनासोहरू दोहो-याउँदै रूसको आफ्नो सुरक्षाको चिन्ता प्रकट गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले महसुस गरें कि या त हाम्रा राष्ट्रपतिले दिएका स्पष्टीकरणहरूबारे हाम्रा सहकर्मीहरूलाई थाह थिएन वा तिनीहरूले ती व्याख्याहरूलाई पूर्णतया बेवास्ता गरिरहेका छन् ।” यूक्रेनको सिमानामा रहेको बेलारूसमा रूसी र बेलारूसी फौजबीच ठूलो सैन्य अभ्यास सुरु हुँदा विदेश मन्त्रीहरूबीचको भेट भएको हो ।