२५ बैशाख २०८१, मंगलवार
Follow Us

सामाजिक सञ्जाल वाट्सएप मार्फत २९ लाख ठगी

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०७८, मंगलवार ०७:३०

काठमाडौं । सामाजिक सञ्जाल वाट्सएप मार्फत २९ लाख ४० हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका– ४ घर भएका ३८ वर्षीय गान्दिप गौतम छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी उनले विभिन्न व्यक्तिबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गौतमलाई पक्राउ गरेको हो । उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।