२१ असार २०८३, आईतवार
Follow Us

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७८, शुक्रबार १३:३०

काठमाडौं । स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि दुई दिन उम्मेदवारी दर्ता गर्न समय छुट्याएको जनाएको छ ।

१२ गते नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ। १३ गते उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरेर निर्णय गर्ने आयोगले जनाएको छ।

उम्मेदवारले आफ्नो नाम फिर्ता र अन्तिम नामावली प्रकाशनका लागि १६ गते छुट्याइएको छ भने १७ गते चुनाव चिन्ह प्रदान गर्ने तालिका बनाएको छ।

धेरै पढिएको