२५ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री देउवाको रोहवरमा एनआरएनएमा सहमति, दुवै जना अध्यक्ष हुने

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७८, सोमबार १७:१०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको ८ महिने लामो विवाद समाप्त भएको छ ।

संघको उच्चस्रोतका अनुसार दुईजना अध्यक्ष हुने (बहुअध्यक्षीय) प्रणाली अन्तर्रगत सहमति भएपछि फुटको संघारमा पुगेको विवाद तत्काललाई सल्टिएको हो।

स्रोतका अनुसार कुल आचार्य र डा बद्री केसी दुबै जना आगामी कार्यकालको लागि अध्यक्ष हुने सहमति भएको छ।

यो विवाद मिलाउन प्रधानमन्त्री शेर बहादुर देउवा लगायत नेपाली कांग्रेसका केही नेताहरुले मध्यस्थता आचार्य र केसीबीच सहमति जुटाएका हुन् ।

पाटन उच्च अदालतले संघको सोमवार अन्तरिम आदेश मार्फत रोकिदिए पछि दुवै पक्ष सहमतिमा जुट्न बाध्य भएका थिए ।

स्रोतका अनुसार अन्य पदाधिकारमा भाडबण्डामा सहमति हुन बाँकी रहेको छ । संस्थापन पक्षबाट उम्मेदवारी दिएका सबैले पद पाउने निश्चित भए पनि निर्वाचन प्रकृयामा नआएकाहरुलाई संस्थाभित्र ल्याउने बारे बैधानिक प्रकृयाको खोजि हुदैछ ।

पछिल्लो सहमतिलाई विशेष महाधिवेशन मार्फत टुंग्गो लगाउने तयारी संघले गरेको छ ।