२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए सम्मेलन : राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने (यस्तो छ कार्यक्रम)

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७८, बिहीबार २१:२३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विधादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवा सहभागी हुने भएका छन् ।

शनिवार देखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहने छन् ।
सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने छन् । कार्यक्रममा बोल्न पूर्वअध्यक्ष शेष घले र देवमान हिराचनको नाम समेत समावेश गरिएको तर उनीहरुको उपस्थिती भने निश्चित भैसकेको छैन् । घलेले छुट्टै सम्मेलनको आयोजना गरेर एक समितिको समेत घोषणा गरेका कारण सम्मेलनमा भाग लिने सम्भवना न्यून रहेको बताइन्छ ।
दुई दिन सम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा. हेम राज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् । संघको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संसोधन गर्ने तयारी गरिएको छ ।