२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए ‘याक एण्ड यति भेला’ मा २ करोड खर्च, घले दम्पतीले बेर्होने

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७८, शुक्रबार २०:५१

लण्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले आयोजना गरेको एक भेलामा २ करोड रुपैयाँ खर्च भएको छ ।
मार्च २३ देखी २५ तारिखसम्म काठमाण्डौंस्थित होटल याक एण्ड यतिमा आयोजित सो कार्यक्रममा भएको सम्पूर्ण खर्च शेष घले र जमुना घलेले बेर्होने भएका छन् ।

घले निकटस्रोतका अनुसार सो भेलाको मुख्य योजनाकार संघका पूर्वउपाध्यक्ष कुल आचार्यले अन्तिम समयमा धोका दिए पछि सम्पूर्ण खर्च घले दम्पतीलाई तिर्न बाध्य पारिएको हो ।

संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा आयोजित भेलाको लागि करिब २० लाख रुपैयाँ मात्र स्पोन्सरबाट उठेकोे छ । स्रोतका अनुसार आचार्यले दिएको बचन पुरा नगरि अध्यक्ष प्रत्यासी डा. बद्री केसीसंग सम्झौता गरेका थिए । स्रोतले भन्यो कुलकै लागि सो भेला आयोजना गरिएको थियो उहाँलेनै धोका दिनु भयो सम्पूर्ण जिम्मेवारी घलेको टाउकोमा आइलाग्यो ।

भेलामा १३२ जना महाधिवेशन प्रतिनिधि सहभागी थिए ।