१ श्रावण २०८२, बिहीबार
Follow Us

एनआरएनए क्षेत्रीय समितिहरुमा सर्वसम्मत नेतृत्व चयन (सूचीसहित)

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७८, सोमबार ०४:३२

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितीको दशौ अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशन बाट सर्बसम्मत रुपमा कुल आचार्य, रविना थापा र बद्री केसी सर्वसम्मत अध्यक्षमा चयन भएका छन ।
करिब ६ महिनादेखि चल्दै आएको विवादका कारण दशौ महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरी सँस्था हाललाई बचाउन सफल भएको छ ।
महाधिवेशनले ६ क्षेत्रका क्षेत्रीय समितिहरु पनि सर्वसम्मतिमा चयन गरेको छ ।
जसअनुसार मध्यपुर्व क्षेत्रका लागि संयोजकमा मनोज कुमार श्रेस्ठ’गोर्खाली’,राजेन्द्र अर्याल ‘जोन’ र क्षेत्रीय उपसंयोजकमा राजु शर्मा,अमित चाम्लिङ, लाल बहादुर पुन र केबी हमाल रहेका छन । यसै गरि महिला संयोजकमा सरिता भण्डारी , संगिता कार्की रहेका छन् भने महिला सह संयोजकमा बन्दना सापकोटा शर्मा र सानोबेर जहान निर्वाचित भएका छन ।
यसैगरि मध्यपुर्व युवा संयोजकमा सुभाश केसी ,बालकृष्ण मरासिनी र युवा सहसंयोजकमा विजय धामी, मिनराज वाग्ले रहेका छन ।

एशिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय संयोजकमा पारसमणि पोखरेल, डिपी कँडेल र सह संयोजकमा हरि भट्टराई,दिपक कँडेल,नविन बिके, दधिवाल खडका र युवराज न्यौपाने रहेका छन । महिला संयोजकमा शान्ति अधिकारी र महिला उपसंयोजकमा ईन्दिरा तिवारी रहेकी छन भने युवा संयोजकमा सुरेश गिरी र युवा उपसंयोजक रन्जनराज कुवर सर्वसम्मत भएका छन ।

त्यस्तै युरोप क्षेत्रका लागि क्षेत्रीय संयोजकमा चिन्तामणी सापकोटा, सन्तोश भट्टराई र उपसंयोजकमा तिलक गैरे, चित्र सुवेदी, दयानिधि सापकोटा, ललित न्यौपाने, डा. नवराज रोस्यारा, सागर लामा र सागर सुवेदी रहेका छन । यस्तै महिला संयोजकमा वर्षा खड्का , पार्वती मल्ल र महिला सहसंयोजकमा नुनिता सापकोटा र सुनिता थापा रहेका छन । युवा संयोजकमा रमेश काफ्ले, किरण गुरुङ र युवा सहसंयोजकमा रोबर्ट लिम्बु र दीपक न्यौपाने रहेका छन ।

अमेरिका क्षेत्रीय संयोजकमा राम सि पोखरेल र प्रकाश सापकोटा , सह संयोजकमा अभिमन्यु बस्नेत,तुला भट्टचन, पुरुसोत्तम बोहोरा, राम कुमार सुबेदी र पशुपती पाण्डे निर्वाचित भएका छन । यसैगरि महिला संयोजक बन्दना कोइराला, तृष्णा शर्मा र महिला सहसंयोजकमा ईन्दिरा त्रिपाठी रहेका छन । युवा संयोजकमा स्वरस खाती र बिनोद रुवाली रहेका छन भने युवा उपसंयोजकमा ईश्वर खत्री चुनीएका छन ।

त्यसैगरि अफ्रिका क्षेत्रका लागि क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट र राज कुमार थापा रहेका छन भने उपसंयोजकमा पद्मा भण्डारी र आर पी पन्त रहेका छन । महिला संयोजकमा केसना लिम्बु , डा. सरिता र महिला उपसंयोजकमा खुस्बु घिमिरे रहेकी छन । यस्तै युवा संयोजकमा सागर उप्रेती चयन भएका छन ।
यसैगरि, ओसेनिया क्षेत्रका लागि क्षेत्रीय संयोजकमा दिनेश जोशी र केशव सापकोटा रहेका छन भने क्षेत्रीय उपसंयोजकमा रामराज ओली, अशोक केसी, सन्तोस कुँवर र धनश्याम सापकोटा रहेका छन । महिला संयोजकमा उषाकिरण बानिया, युवा संयोजकमा प्रदिप रुपाखेती र युवा सहसंयोजकमा आर्सद अहमद रहेका छन । सबै उम्मेदवारले एकहप्ता भित्रमा सँस्थालाई उम्मेदवारी फी तिरेर आफ्नो सर्टीफिकेट लिन निबर्तमान अध्यक्ष कुमार पन्तले जानकारी गराएका छन ।

धेरै पढिएको