लण्डन । विगत ५ वर्षदेखि संस्थागत विवादमा फसेका बेलायतका २ नेपाली सघंसंस्थाको विवाद अन्तत समाधान भएको छ ।
बेलायतको लेष्टर शहरमा रहेका सृजनशील लेष्टर नेपाल यूके र टुकी नेप्लिज युथ क्लब लेष्टरबीच लामो समयदेखि रहँदै आएको विवाद अन्त्य भएको छ ।
दुबै संस्थाले संस्थागत एकता गर्दै लामो समयदेखिको विवाद अन्त्य भएको घोषणा गरेका हुन् । सोमबार दुई संस्थाका प्रतिनिधिहरुबीचको बैठकले विवाद अन्त्यको प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
टुकी नेप्लिज युथ क्लबका प्रतिनिधिहरु संयोजक भानुभक्त घिमिरे, सचिव शिव पराजुली, कोषाध्यक्ष दशरथ खरेल एवं सृजनशील लेस्टर नेपाल यूकेका वर्तमान अध्यक्ष नारायण फुंयाल तथा कार्यसमितिबीच दुई पक्षीय छलफलबाट विगतमा भएका आआफ्ना कमीकमजोरीलाई आत्मसात गरि टुकी क्लबको लोगो सृजनशील समाजको लोगोमा समायोजन गर्ने सहमति भएको छ ।
सृजनशील लेष्टर नेपाल यूकेका अध्यक्ष नारायण फुयालका अनुसार विधानसम्मत दुई तिहाई वहुमतले पारित गर्दै दुवै पक्षबाट आजको मितिदेखि कुनै संस्थागत समस्या नआउने गरि ससम्मान समायोजन गर्ने निणर्य भएको छ ।
लेष्टरको ३ क्लिन रेस्टुरेन्टमा दुई चरणमा भएको उक्त बैठकको अध्यक्षता सृजनशील समाजका अध्यक्ष फुंयालले गरेका थिए । बैठकले संस्थागत एकतासगैं पदिय संरचना र नेतृत्वका सम्बन्धमा अर्को बैठकबाट टुगों लगाउने सहमती पनि भएको छ ।
प्रवासमा रहेका प्राय ः नेपाली सघंसंस्थाहरुको विवाद समाधान गर्न र एकताको सन्देश दिन यी दुई संस्थाबीचको एकताले महत्वपूणर् सन्देश दिएको सृजनशील लेष्टर नेपालका अध्यक्ष फुयालले बताए । यसले अरुलाई पनि प्रोत्साहान मिलेको उनको भनाई छ ।