३० बैशाख २०८१, आईतवार
Follow Us

आज देउवा र मोदीले चार परियोजना संयुक्त रुपमा उद्घाटन गर्ने

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७८, शनिबार ०५:०८

काठमाडौं । भारतको नयाँदिल्लीमा आज नेपाल–भारत द्विपक्षीय बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्दैछन् ।

निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिबार मध्यान्ह साढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सम्पन्न हुनेछ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गर्नेछन् ।

बैठक सम्पन्न भएपछ दुवै देशका प्रधानमन्त्रीले चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रम भने भर्चुअल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त रुपमा उद्घाटन गरिने परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् ।

हैदरावाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले रिमोर्ट मार्फत यी परियोजनाको उद्घाटन गर्नेछन् ।