१ जेष्ठ २०८१, मंगलवार
Follow Us

गेसो अध्यक्ष कृष्णकुमार राईसहित १०१ माओवादीमा प्रवेश

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७८, शनिबार ११:४४

काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राईसहित १०१ जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईसहितका गेसोका पदाधिकारीलाई पार्टी प्रवेश गराएका हुन् । त्यस्तै जनता समाजवादी पार्टी (जसपा)का सोलुखुम्बु जिल्ला अध्यक्ष्न ज्ञान किराती पनि माओवादी केन्द्र प्रवेश गरेका छन् ।

गोसोले आफ्नो पनि प्रतिनिधिधित्व खोजेको थियो । तर गेसोलाई समेटिएन । सत्तारुढ पार्टीमा आवद्ध हुँदा वार्ता टोलीमा प्रतिनिधित्वका लागि सहज हुने देखेर पनि एमाले निकट रहेका राई माओवादी केन्द्र प्रवेश गरेको हुनसक्ने बताइएको छ । शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त वार्ता टोलीमा गेसोको प्रतिनिधित्व नहुने सुन्दा आफूलाई अचम्म लागेको बताए । उनले यस विषयमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवाउँग कुराकानी गरेको र प्रधानमन्त्री सकारात्मक रहेको पनि बताए ।