काठमाडौ । ३ अप्रिल २०२२ का दिन गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यसहित अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीसहितका नवनिर्वाचित पदाधिकारीहरुले नेतृत्वमा संघका नवनिर्वाचित पदाधिकारीहरुको माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले संग भेटघाट गरेको थियो । भेटमा संघका तर्फबाट ५ बुँदे मागपत्र बुझाइएको थियो । नेपालको संविधान २०७२ मा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर संसदबाट छिट्टै पारित गरिदिने सम्बन्धमा ।
वैदेशिक रोजगार सुरक्षा कार्यक्रम संचालनमा ल्याउनका लागि पहल गरिदिने सम्बन्धमा ।
पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त एक बृद्धाश्रम बनाउन जग्गा उपलब्ध गराई दिने सम्बन्धमा
कम्तीमा १० अर्बको एनआरएन नेपाल विकास कोषको कार्यान्वयनमा देखिएका बाधा व्यवधान हटाउने सम्बन्धमा ।
वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति अमेरिकन डलर २ पैसा संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नको लागि सहजीकरण गरिदने सम्बन्धमा ।
गैरआवासीय नेपाली संघले उठाएका मागहरु प्रति माननीय मन्त्रीज्यू साकारात्मक रहेको र उहाँले सुविधा सम्पन्न बृद्धाश्रमको लागि पशुपति क्षेत्रमा जग्गा उपलब्ध गर्नको लागि पहल गरिदिने बारे जानकारी गराउनु भयो । साथै डा. बद्री केसीले सबै एनसिसिका अध्यक्षहरुलाई सम्बन्धित मुलुकको पर्यटन दूतमा नियुक्त गर्न दिनु भएको सुझावलाई उहाँले हाललाई केही मुलुकहरुमा यसको पहल गरिने बारे अवत गराउनु भयो ।