२१ बैशाख २०८१, शुक्रबार
Follow Us

सेफ एसोसिएसन यूकेको महाधिवेशन जुनमा

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७८, सोमबार २२:१८

लन्डन । नेपाली सेफहरुको संस्था नेप्लिज सेफ एसोसिएसन यूकेले आगामी जुन ६ तारिखमा अधिवेशन तय गरेको छ । अध्यक्ष दधि आचार्यको अध्यक्षतामा सोमबार विहान बसेको भर्चुअल बैठकले अधिवेशन र निर्वाचन कार्यक्रमको टुगों लगाएको अध्यक्ष दधि आचार्यले बताए । संयुक्त अधिराज्यमा रहेका नेपाली सेफहरुको साझा सेफ एसोसिएसनले निर्वाचन संयोजकमा सोलिसिटर राजु थापालाई चयन गरेको छ । सोलिसिटर थापाले थप दुई जना निर्वाचन समिति सदस्य मनोनयन गर्ने आचार्यले जनाए ।

उनका अनुसार भुर्चअल रुपमा अनलाइन माध्यमबाट गरिने निर्वाचन कार्यक्रम निर्वाचन संयोजक थापाले चाडै सार्वजनिक गर्नेछन् । उनका अनुसार थापाले मतदाता नामावली, उम्मेदवार मिति र भोटिङसहितको पुर्ण तालिका केही दिनमा सार्वजनिक गर्नेछन् ।

तीन बर्ष अघि सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका आचार्यले यस पटक पनि एसोसिएसनमा सर्वसम्मत नेतृत्व चयन हुने अपेक्षा गरिएको जनाए ।

सन् २०१२ मा बेलायतमा रहेका नेपाली सेफहरु आफ्ना हकहितका लागि संगठित हुदै संस्था गठन गरेका थिए । उक्त संस्थाले धादिङको निलकण्ठ १४ स्थित तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय निर्माणका लागि १० लाख रुपैंया पठाएको थियो । त्यस्तै, नेपालमा मानविय सहयोग कार्यहरुमा हातेमालो गर्दै आएको छ ।