२२ बैशाख २०८१, शनिबार
Follow Us

निर्वाचन आचारसंहिता कहिलेदेखि ?

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०७८, मंगलवार ०४:३४

काठमाडौं । चैतनिर्वाचन आयोगले आज स्थानीय तहकाे चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ । बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ ।

०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । यसपटक ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन हुँदैछ ।

तर, आचारसंहिता भने लागू भइसकेकाे छैन । उमेद्वार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेकाे छ । याे विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे छ । यद्यपि, सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।