३२ असार २०८२, बुधबार
Follow Us

पदलोलुप्ता र होडवाजीले संस्थामा संकटमा : एनआरएनए बेल्जियम

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७८, बुधबार १८:४०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले संघको १० औं महाधिवेशनबाट निर्वाचित जम्बो कार्यसमितिप्रति असन्तोष व्यक्त गरेको छ ।
संघका अध्यक्ष खड्क केसी र महासचिव रमेश कंडेलले बुधवार एक विज्ञप्ति जारी गर्दै संघको महाधिवेशनमा देखिएको पदलोलुप्ता र होटवाजीले गर्दा जम्बो कार्यसमिति बनेको प्रतिचिन्ता व्यक्त गरेको हो ।

संघले संसारभरका महाधिवेशन प्रतिनिधीहरुले एकपटक आफ्नो अधिकारको सदुपयोग गर्ने अवसरबाट बन्चित भएको प्रति दुःख व्यक्त गर्दै भनेको छ ‘अघिल्ला कार्यसमितिले बर्षौ दुःख गरेर अगाडी बढाएको स्मार्ट एनआरएनए अभियान अनिश्चित हुने अवस्थाको सृजना भएको बताएको छ’ ।

विज्ञप्तिको पूर्णपाठ

सम्पुर्ण एनआरएनए प्रेमी बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरु,
गैर आवासीय नेपाली संघको बिगत केही महिना देखिको असहज परिस्थिती र घटनाक्रमहरुलाई नियालेर हेर्दा संस्थागत साख र एकतालाई कायम राख्दै एनआरएनए अभियानलाई बचाईराख्न गरिएका त्याग, अवसर, चुनौति र सम्भावनाहरुका वावजुत पनि “सबै हात एकै साथ” भन्ने मूल मर्म अनुरुप संस्था अघि बढ्न सकेन। फलस्वरुप एउटै नाम र लोगो फरक फरक वातावरणमा प्रयोग हुने स्थितिले आम पंजीकृत सदस्यहरुलाई खल्लो अवस्थाको सृजना गरायो भने अर्को तर्फ पदलोलुप्ताको होडवाजीका कारणले एनआरएनए ईतिहासमा एउटा जम्वो कार्यसमिति बन्ने स्थिती पैदा भयो । जसले गर्दा अनेक प्रश्नवाचक चिन्ह (?) हरु पैदा भएका छन्।

संसारभरका महाधिवेशन प्रतिनिधीहरुले फेरी एकपटक आफ्नो अधिकारको सदुपयोग गर्ने अवसरबाट बन्चित हुनुपर्यो भने अघिल्ला कार्यसमितिले बर्षौ दुख गरेर अगाडी बढाएको स्मार्ट एनआरएनए अभियान अनिश्चित हुने अवस्थाको सृजना भयो। नेपाल र नेपालीहरुले गैर आवासीय नेपालीहरु प्रति गर्ने मायाप्रेम, सम्मान र विश्वासलाई काठमान्डौमा गरिएका क्रियाकलापहरुले जित्ने वाताबरण बन्न नसकेको जस्तो अथवा एनआरएनए अभियान र यसका मुलभूत उद्देश्यहरु कतै रुमल्लिरहेको जस्तो दृश्यहरुलाई एनसीसी बेल्जियमले पनि नजिकबाट नियालिरहेको थियो।

हरेक रातपछि मिर्मिरे बिहानी आउंछ भनेजस्तै एनआरएनए अभियानमा देखापरेका काला बादलहरु दशौं महाधिवेशनबाट बनेको नया‘ कार्यसमितिले गरेका आठ बुदे घोषणापत्र सहितका प्रतिबद्धताले हटाएर जानेछन् र एनआरएनए अभियान फेरी नया‘ सोच र नवितम् बिचार सहित संस्थाका उद्देश्य पुरा गर्नेतर्फ गोलाकार हुनेछ भन्ने विश्वास सहित राष्ट्रीय समन्वय परिषद बेल्जियमको तर्फबाट सर्वसम्मत हुनुभएका संस्थाका अध्यक्षज्यूहरु लगायत सिंगो कार्यसमितीलाई हार्दिक बधाई सहित आगामी अठार महिनाको अवधिमा संस्थामा देखा परेका अप्ठ्यारा परिस्थितीलाई चिर्दै संस्था भित्रैका असन्तुष्ट आवाजहरुलाई पनि अभियानमा संगसंगै लिएर हिड्ने वाताबरण सृजना गर्ने साथै आम पन्जीकृत सदस्यहरुमा फेरी विश्वासको वातावरण बन्न सकोस्, हार्दिक शुभकामना ब्यक्त गर्दछौं।

गैर आवासीय नेपाली संघ एउटा संस्था मात्रै नभएर अभियान भएको हिसावले सामाजिक एकता, सहमति, सहकार्य र सहअस्तित्व संगै आम गैर आवासीय नेपालीहरुले अपनत्व गर्ने किसिमले एकताबद्द भई संस्थाका मुख्य उद्देश्य प्राप्ति गर्ने बाटोमा लाग्न सम्बन्धित सबैमा हार्दिक अनुरोध सहित एकेबद्दता जाहेर गर्दछौं।

धेरै पढिएको