२९ बैशाख २०८१, शनिबार
Follow Us

निर्वाचन अधिकृतहरुको सूची संशोधन किन ?

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७८, बिहीबार ०४:३५

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृतको सूची संशोधन गरेको छ । आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । यस्तै ७१ जना निर्वाचन अधिकृत नयाँ खटाइएको छ ।

प्राविधिक कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ । नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ । यस्तै १६ जना निर्वाचन अधिकृतको कार्यक्षेत्र फेरफेर गरिएको पनि निर्वाचन आयोगले जनाएको छ ।