२१ असार २०८३, आईतवार
Follow Us

नेपाल टेलिभिजन: टेण्डर डकुमेण्ट पहिल्यै बजारमा

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७८, बिहीबार ११:३०

काठमाडौं । नेपाल टेलिभिजनमा भ्रष्टाचार यतिसम्म मौलाउँदै गएको छ कि अब त टेण्डर हुनुभन्दा पहिल्यनै टेण्डर डकुमेण्ट बजारमा छ्याप्छ्याप्ती उपलब्ध हुन थालेको छ। अख्तियार दुरपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक लेखा समिति जस्ता महत्वपूर्ण संस्था तथा निकायका निर्देशन समेतलाई ठाडै बेवास्था गरी नेपाल टेलिभिजनलाई ध्वस्त बनाउने र करोडौंको भ्रष्टाचार गर्ने खेल निर्लज्ज रुपमा अगाडि बढिरहेको छ।

नेपाल टेलिभिजनको हालको पहुँच, प्रसारण क्षेत्र र पावर नघट्ने गरी टेन्डर आव्हान गर्न विभिन्न निकायले स्पष्ट निर्देशन दिँदादिँदै र त्यहाँका आम कर्मचारीको समेत माग हुँदाहुँदै आगामी दिनमा हुनलागेको सेटलाइट टेन्डरको प्राविधिक बुँदाहरु तथा अन्य सेवा शर्तहरु समेत एशियासेटलाइ मिल्नेगरी तथा उसैको सहयोगमा तयार गरी अघि बढाइएको छ र साे कम्पनीमा पनि सहमतिको लागि पठाइएको छ। भित्रिरुपमा बिष्णुराम न्यौपानेको नेतृत्वमा यो गिरोह सञ्चालित छ भने खुला रूपमा वरुण सिंह, अर्जुन बटाला र दिपकजंग हमालको भ्रष्ट गिरोह उक्त टेन्डरको चाँजोपाँजो मिलाउन कम्मर कसेर लागेका छन् जसरी पनि अहिलेको सेटलाइट लाई विस्थापित गर्ने र आफू एजेन्ट भएको एसियासेटलाई टेन्डर पार्न लगाउने यिनीहरूको स्पष्ट मिसन छ यसबाट संस्थानलाई धारासायी बनाएर करोडौंको भ्रष्टाचार गर्ने मनशाय स्पष्ट देखिन्छ।

 

१४० देशमा पहुँच रहेको प्रशारण क्षेत्र घटाएर जम्मा १५ वटा देशमा मात्र आए पुग्ने टेण्डर डकुमेण्ट बनाइएको छ ।उक्त डकुमेण्टमा सबै सार्क देशहरु (जम्मा ८ वटा) नेपाल, सिंगापुर, मलेसिया, ब्रुनाई, युएई , कतार र साउदी अरेविया र हङकङमा मात्र पहुँच पुगे हुनेगरी बोलपत्र सम्बन्धी डकुमेण्ट बनाइएको छ। यसबाट नेपाल टेलिभिजनको व्यापक दर्शकहरूको हिस्सा समेटिने छैन र नेपाल टेलिभिजनको साख माटोमा मिल्नेछ ।त्यस्तै आफ्नै सेटलाइटलाई मात्र टेण्डर परोस् भन्ने उद्देश्यले सेटलाइट अपरेटर बाहेकका अरु कम्पनीलाई टेण्डर हाल्न निषेध गरिएको छ।

कतिपय सेटलाइट अपरेटरहरुले आफ्ना अरु कम्पनीमार्फत टेन्डर हाल्ने हुँदा त्यसलाई रोक्न र प्रतिस्पर्धालाई सीमित गर्न उक्त प्रस्ताव गरिएको छ। अन्य प्रायः सबै प्रावधानहरू पनि निज भ्रष्ट गिरोहकै पकडमा रहेको सेटलाइट लाई मिल्नेगरी मात्र बनाइएको छ ।

हालको सेटलाइटलाई जसरी पनि बिस्थापन गर्न सम्झौता अनुसारको भाडा बापतको रकम उपलव्ध गराईएको छैन र उक्त कम्पनीले भुक्तानीको लागि बारम्बार ताकेता गरिरहेको छ र प्रसारण अवरुद्ध हुन सक्ने जानकारी गराइरहेकाे छ । तर बिष्णुराम न्यौपाने र उनका मतियारहरुले कमिशनको चक्करमा संस्थानकाे प्रसारण ब्ल्याकआउट हुन सक्ने हदसम्म स्थितिलाई पुराएका छन् ।

प्रसारण क्षेत्र व्यापक कटौती हुँदा, प्रसारण अवरुद्ध हुने स्थिति आउँदा र प्रतिस्पर्धा सीमित गर्दा समेत कार्यकारी अध्यक्ष समिरजङ शाह टसमस भएका छैनन् यसबाट उक्त गिरोहलाई निजको भित्री समर्थन रहेको स्पष्टै छ। सञ्चार मन्त्रालयका सचिव गाेकर्ण अर्याल समेत यसमा आँखा चिम्लिएर बसेका छन् ।

संस्थानमा एकछत्र हालिमुहाली गरेर अकुत सम्पत्ती कमाएका सुरज थापा यसका प्रमुख योजनाकार रहिआएका छन् र अरूको भाग खोसेर डिजिएम बन्न सफल चिंतामणी बराललाई समेत निज सुरज थापाले नै घुमाउँछन् हाल बोलपत्रको लागि बनाइएको समिति अनेक कारणले अवैध देखिन्छ। अर्जुन बटाला र वरुण सिंहलाई टेन्डर दातासँग मिलेमतो गरेबापत राष्ट्रिय सतर्कता केन्द्रले कारबाहीको सिफारिस गरेको छ तर अहिले पनि हर्ताकर्ता उनीहरुनै छन् ।

विष्णु न्यौपानेका विश्वासपात्र ओम श्रेष्ठलाई खरिद इकाईमा पुनः दोहोर्याइएको छ, निज हरेक कमिटीमा सदस्य छन्, सतर्कता केन्द्रले कारवाही सिफारिस गरेको कमिटीमा उनि आफैं संलग्न पनि थिए र अहिले फेरी बोलपत्र सम्बन्धी सम्पूर्ण कार्य तिनै कारबाहीमा परेका कर्मचारी सँगै बसेर बनाइरहेका छन्। सेटलाइट स्पेसिफिकेशन बनाउने कमिटिको बारेमा अनेक उजुरी पर्दा समेत यसलाइ विघटन गरिएको छैन खरिद एकाईको प्रमुख समेत उक्त कमिटीमा छैनन् । यसरी नेपाल टेलिभिजनमा चरम बेथिति र लुट जारी छ र अब यो संस्था छिट्टै विघटन हुने निश्चित छ ।

धेरै पढिएको