१६ असार २०८१, शनिबार
Follow Us

एनआरएन पदाधिकारीलेनै तिरेनन् उम्मेदवारी शुल्क, करिब ५ करोड बकौता

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७८, शुक्रबार २१:११

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अधिकांस पदाधिकारीहरुले आफ्नो उम्मेदवारी शुल्क नतिरेको भेटिएको छ ।

गैरआवासीय नेपाली संघ स्रोतका अनुसार मार्च अन्तिम साता भएको १० औं महाधिवेशनमा उम्मेदवारी शुल्क नतिर्नेहरुमा अध्यक्ष कुल आचार्यनिकटवर्तीहरु धेरै छन् ।

सर्वसम्मतबाट चयन भएको सो निर्वाचनमा सपथग्रहण गर्नुअघिनै उम्मेदवारी शुल्क तिर्नु पर्ने निर्देशन जारी गरिए पनि पदाधिकारीहरुले आआफ्नो उम्मेदवारी शुल्क नतिरी सपथ लिएर प्रमाणपत्र बुझेका थिए ।

स्रोतका अनुसार संघको उम्मेदवारी शुल्क र बिभिन्न परियोजनाको लागि गरेका प्रतिबद्धता सहित पदाधिकारीहरुको मात्र करिब ५ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ।

आइसीसी सदस्य शुल्क, सचिवालय संचालन खर्च (लेवी), उम्मेदवारी शुल्क, बिभिन्न परियोजना लगायतको शिर्षकमा पैसा उठ्न बाँकी रहेको एनआरएनए स्रोतले जनाएको छ ।

उपाध्यक्ष आरके शर्मा १९ लाख ७० हजार, विष्णुमाया परियार ८ लाख ५० हजार, प्रविण गुरुङ ९ लाख ५० हजार, रोविन्द्र श्रेष्ठ ५ लाख २२ हजार, गंगाधार गौतम ६ लाख ५० हजार, राजन त्रिपाठी ७ लाख, सोम सापकोटा ६ लाख ६५ हजार रुपैयाँ, शुल्क तथा परियोजनामा गरिएको प्रतिबद्धता उठ्न बाँकी रहेको छ ।

एनआरएनए स्रोतका अनुसार बाँकी रहेको बकौता तिर्न पदाधिकारीहरुलाई भोलि शनिवार सम्मको समय दिइएको छ । उम्मेदवारी शुल्क नतिरेका पदाधिकारीहरु संघको बैठकमा उपस्थित हुने वा नहुने भन्ने विषयमा भने संघभित्र अन्योल कायम छ ।

उम्मेदवारी शुल्क नतिर्ने पदाधिकारहरुमा नारायण काफ्ले, योगिता थापा, विमला सापकोटा, कृष्ण दत्ता भट्ट, केशव सापकोटा, पद्मा भण्डारी, पशुपति पाण्डे, युवराज न्यौपाने, सरिता भण्डारी, बन्दना कोइराला, वर्षा खड्का, सरिता भण्डारी, सञ्जना कार्की, सागर उप्रेती, अफ्रिका विनोद रुवाली (सुरेश), बालकृष्ण मरासिनी, खुश्बु घिमिरे, सुनिता थापा, र विजय धामी रहेका छन् ।