२७ बैशाख २०८१, बिहीबार
Follow Us

स्वास्थ्य सामग्री हस्तान्तरण गर्न एनआरएनए अध्यक्ष डा. केसी चितवनमा

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७८, सोमबार ११:१२

लण्डन । गैरआवासीय नेपाली संघले चितवनमा स्वास्थ्य सम्बन्धी सामग्री हस्तान्तरण गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ हङकङको सहयोगमा आज भरतपुर महानगरपालिकालाई ती सामग्री हस्तान्तरण गर्न संघका अध्यक्ष डा. बद्री केसी चितवन पुगेका हुन् ।

चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदको संयोजनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न संघका उपाध्यक्ष भूषण घिमिरे, उपमहासचिव ओम गुरुङ र सचिव टिका गुरुङ समेत भरतपुर पुगेका छन् । भरतपुर पुगेका एनआरएनए पदाधिकारीहरुलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।