२४ बैशाख २०८१, सोमबार
Follow Us

कोरोना सम्बन्धी कानुन तोड्ने बेलायती प्रधानमन्त्री जोन्सनलाई जरिवाना

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७८, मंगलवार १३:४०

लण्डन । कोरोना सम्बन्धी कानुन तोडेको अभियोगमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई जरिवाना गरिएको छ ।

बोरिस जोन्सनलाई कोविड महामारीको समयमा आफ्नी पत्नी क्यारीसँग अवैध रुपमा प्रधानमन्त्री निवासमा आयोजना गरिएको एक पार्टी भाग लिएर कानुन तोडेकोमा जरिवाना तिर्नु पर्ने भएको हो ।

यस्तै बेलायती प्रहरीले अर्थ मन्त्री ऋषि सुनाकको दम्पती सहित लकडाउन नियमहरू तोड्ने ३० जनालाई ५० पाउण्ठ निश्चित जरिवाना गरेको हो ।

जोनसनले डाउनिंग स्ट्रिटमा कानुन तोडेको समाचार बाहिर आए पछि बेलायती मिडियाहरुले आलोचना गरेका थिए ।