२४ बैशाख २०८१, सोमबार
Follow Us

क्रोसियामा शेष घले समूहको भेला, राजनीतिक दलमाथि प्रतिवन्ध

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७८, मंगलवार १९:५५

लण्डन । गैर आवासीय नेपाली संघको नाम दावी गर्ने संघका पूर्वअध्यक्ष शेष घले समूहको भेला क्रोसियामा सम्पन्न भएको छ ।

सो समूहका सचिव धर्मराज खतिवडाको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा करिब सय जना प्रवासी नेपालीहरुको उपस्थिति थियो ।

भेलाले आपतकालिन अक्षयकोषको स्थापना गर्ने, नेपाल पैसा पठाउदा बैकिंङ च्यानल मार्फत पठाउने, मे २९ मा एभ्रेष्ट डे मनाउने लगायतका निर्णय गरेको छ ।
भेलाले सूर्य (साइमन) लामाको अध्यक्षतामा एक तर्दश समिति गठन गरेको छ ।

राजनीतिक दलहरुलाई पूर्णरुपमा बन्देज लगाउने भेलाले निर्णय गरेको खतिवडाले जानकारी दिए । भेलाले कुनै राजनीतिक दलको सदस्य रहेको व्यक्तिलाई सदस्यता नदिने निर्णय गरेको छ । क्रोसियामा १० हजार नेपाली रहेको अनुमान गरिएको छ ।

सो समूहले गैरआवासीय नेपाली संघ विश्वसंजालको अध्यक्ष विनोद कुँवर भएको भन्दै दावी गर्दै आएको छ ।


यस्तो छ कार्यसमिति

सूर्य बहादुर थिङ (साइमन) – अध्यक्ष
रिदम बहादुर आले मगर ( सुरेन्द्र ) बरिष्ठ उपाध्यक्ष

सेसम राई – उपाध्यक्ष
सुजन पौडेल – महासचिब
मनोज महर्जन – सचिब
हर्क साहु – सचिब
बिष्णु बहादुर बस्नेत – सहसचिब
पासाङ् योन्जन – कोषाध्यक्ष)
पूनम तामाङ् – सहकोषाध्यक्ष
मेघा लिम्बु – प्रबक्ता
महिला संयोजक – सेसम राई
महिला सहसंयोजक – मुगा मगर
सदस्यहरु –
पेन्बा दोर्जे शेर्पा
बिशाल योन्जन
कमल राज कंडेल
दुर्गा अधिकारी
प्रेम थापा मगर
रुद्र प्रसाद काफ्ले
दिपक बिसन्खे
मणि कुमार खड्का
दिपक कंडेल
सौरभ राज स्याङ्तान
मदन बराल
बिवन थारु
सल्लाहकारहरु –
मान सिंह धामी
हरि बहादुर तामाङ्
दावा लामा
अच्युत सापकोटा
हरि जोशी
पत्रकारहरु –
योगमणी काफ्ले
सुमन राई

सुनिल बम – आइसिसि मनोनीत