२५ बैशाख २०८१, मंगलवार
Follow Us

निर्धक्क भएर डलर खाता मार्फत नेपाल पैसा पठाउनुहोस् : डा उपेन्द्र महतोे

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७८, बुधबार १४:५३

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले नेपालमा समस्या पर्दा केही नसोची गैरआवसीयहरुलाई छिटो भन्दा छिटो डलर खाता बनाएर पैसा पठाउन आह्वान गरेका छन्।

‘अहिलेको समयमा हामी गैरआवासीय नेपाली जसले जति सक्छ, हजार, मिलियन ल्याउनुहोस्। त्यहाँभन्दा दुई पैसा बढी आम्दानी हुन्छ,’ उनले भने

‘देशमा मुद्रा सञ्चिती– तरलता, डायस्पोराको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालमा सरकार फेरबदल हुँदा नियम परिवर्तन छिटो हुने गरेपनि पहिले भन्दा नराम्रो नहुने भएकाले निर्धक्क भएर डलर खातामा पैसा पठाउन उनले आह्वान गरे।

‘सयौं मिलियन डलर जम्मा गरेर देशको अर्थतन्त्रमा टेवा पुर्यायौं’, उनले भने,‘लग्न कहीँ अफ्ठारो हुँदैन, लिएर जान सकिन्छ। अहिलेको समयमा दिल खोलेर जति भन्दा छिटो पठाउनुपर्छ। कानुनी चिन्ता नगर्नुहोस्।’

उनले देशमा आर्थिक पहिरो गएको नभइ सरकारले गैरआवासीय नेपालीबाट समर्थन र सहभागिता हुन आशा राखेकाले खाता खोल्न आह्वान गरे।