२२ बैशाख २०८१, शनिबार
Follow Us

उमेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७९, शनिबार ०१:३२

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ वैशाख ९ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा २०७९ वैशाख १० गते बिहान ११ बजे बस्ने भएको छ,” पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

महानगर पालिकामा स्थानीय तह निर्वाचनका लागि उमेदवार टुंगो लगाउने भन्दै बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले शुक्रबारका लागि बैठक बोलाएको थियो ।

तर, गठबन्धन गर्ने पार्टीको निर्णयप्रति स्थानीय तहमा नेता कार्यकर्ताहरू असन्तुष्ट छन् । शुक्रबार बैठक स्थगन गरेर शीर्ष नेताहरूको प्रधानमन्त्री सरकारी निवास बालुबाटारमा अनौपचारिक बैठक बसेको थियो ।