२३ बैशाख २०८१, आईतवार
Follow Us

बुद्ध एयरको सिटमा बेवारिसे अमेरिकी डलर

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०७९, आईतवार १३:५१

काठमाडौँ । भद्रपुरबाट काठमाडौँ आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १ सय ८ थान नोट भेटिएको हो ।

यस्तो रकम १० हजार ८ सय अमेरिकी डलर हुन आउँछ । यो रकम शनिबार साँझ बरामद भएको प्रहरीले जनाएको छ । जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा डलर भेटिएको हो । प्रहरीले डलर बरामद गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको नेपाल प्रहरीले जानकारी गराएको छ ।