२३ बैशाख २०८१, आईतवार
Follow Us

बागलुङ सत्तागठबन्धनबीच सहमति, कांग्रेसभित्र विवाद

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७९, सोमबार ०२:२२

बागलुङ । केन्द्रको निर्देशनपछि बागलुङमा सत्तागठबन्धनमा मध्यरातमा सहमती भएको छ । वडा तहको बाँडफाँडमा कुरा नमिलेपछि सत्तागठबन्धनको बैठकबाट जनमोर्चा र एकिकृत समाजवादी बाहिरिएका थिए ।

एकिकृत समाजवादी वाहिरिएपछि आईतवार विहान पालिका प्रमुख र उपप्रमुखमा सहमती गरेका सत्तागठबन्धन वडातहको भागबण्डामा आआफ्नो दावीबाट पछि नहटेपछि साँझ जनमोर्चा पनि बैठकबाट बाहिरिएको थियो।

एकिकृत समाजवादी र जनमोर्चा बाहिरिएपछि केन्द्रमा पुगेको बागलुङको भागबण्डाको विवाद नमिलेका वडामा केन्द्रले नै निर्देशन दिएर पठाएपछि विहानपख मात्रै सहमती भएको बैठकमा सहभागी एक नेताले वताए ।

केन्द्रको निर्देशनपछि विवाद भएको तमानखोला गाउपालिकाको उपाध्यक्ष र बागलुङ नगरपालिका-२ को वडा अध्यक्ष नेकपा एकिकृत समाजवादीले पाएको छ । काठेखोला-४ तग्राम र बागलुङ नगरपालिका-१२ को वडाध्यक्ष जनमोर्चाले पाएको छ ।

मध्यरातको सहमति अनुसार कांग्रेसलाई बागलुङ नगरपालिका र गलकोट नगरपालिकाको प्रमुख, काठेखोला गाउँपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्ष मिलेको छ ।
कांग्रेसलाई जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिकाको उपप्रमुख, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाको उपाध्यक्ष भावण्डा भएको छ ।

माओवादी केन्द्रले ढोरपाटन नगरपालिकाको प्रमुख, ताराखोला गाउँपालिकाको अध्यक्ष, बागलुङ नगरपालिका र गलकोट नगरापालिको उपप्रमुख र निसीखोला गाउँपालिकाको उपाध्यक्ष पाएको छ । जैमिनी नगरपालीका लगायत केही वार्ड राजमोले पाए पछि नेपाली कांग्रेसभित्र विवाद चुलिएको छ ।

राष्ट्रिय जनमोर्चालाई जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको अध्यक्ष, काँठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष मिलेको छ ।

गठबन्धनले भागबण्डामा जिल्ला समन्वय समिति समेत टुंगो लगाएको छ । समन्वय समितिको प्रमुख राजमोलाई र उपप्रमुख एकिकृत समाजवादीको भागबण्डामा परेको छ ।
जिल्ला समन्वय समिति समेत बाँडफाँड गरेपछि गठबन्धनको बैठक निश्कर्षमा पुगेको हो ।