२४ बैशाख २०८१, सोमबार
Follow Us

बागलुङमा काँग्रेसले खाता खोल्यो, मेयरमा श्रेष्ठको अग्रता कायम

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७९, आईतवार ०१:५९

बागलुङ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका जय बहादुर केसी विजयी भएका छन । पाँच दलिय गठबन्धनका सझा उम्मेदवार केसीले नेकपा एमालेका दुर्गे सार्कीलाई जम्मा ८ मतले पछि पार्दै विजयी भएका हुन । औपचारीक घोषणा हुन बाँकी रहेपनि केसीले कुल ४७४ मत प्राप्त गरेका छन भने सार्कीले ४६६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा अध्यक्षमा जनता समाजबादीका धुव्र प्रसाद शर्माले २७ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार रनसिंह बोहोराले ८८ मत प्राप्त गरेका हुन । वडा सदस्यमा भने नेकपा एमालेकै उम्मेदवारहरु विजयी भएका छन । महिला वडा सदस्यमा एमालेकी शान्तीदेवी शर्मा ५३० मत प्राप्त गरेर विजयी भएकी छन भने नेपाली काँग्रेसका कौशिला श्रीष थापाले ४८० मत प्राप्त गरेकी छन ।

दलित महिला सदस्यमा नेकपा एमालेकी टिकादेवी सार्कीले ५५५ मत प्राप्त गरेर विजयी भएकी छन भने काँग्रेसकी दुर्गा किसानले ४११ मत प्राप्त गरेकी छन । खुल्ला सदस्यमा नेकपा एमालेकै सोमबहादुर बोहोरा र कृष्णबहादुर कार्की विजयी भएका छन । बोहोराले ३६० मत प्राप्त गरेका छन भने कार्कीले ३२८ मत प्राप्त गरेका छन । दुवैका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका डिलबहादुर सार्कीले २९१ र सुमन बोहोराले २६२ मत प्राप्त गरेका हुन । यो सँगै बागलुङ नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ ।

बानपा १ मा कुल १ हजार ७०५ मतदान रहेकोमा १ हजार १ सय ५६ मत खसेको थियो । त्यसैगरी नगरप्रमुख र उपप्रमुखमा गठबन्धनले नै अग्रता लिएको छ । नगरप्रमुखका उम्मेदवार काँग्रेसका बसन्त कुमार श्रेष्ठले १४७६ ले अग्रता कायम नै गरेका छन भने नेकपा एमालेका जनकराज पौडेलले ८०१ मत प्राप्त गरेका छन । त्यसैगरी उपप्रमुमा नेकपा माओबादी केन्द्रका राजु खड्काले १०३ मत प्राप्त गरेका छन भने राप्रपाका सञ्जय खड्काले ६८० मत प्राप्त गरेका छन ।