१३ जेष्ठ २०८१, आईतवार
Follow Us

समिति बनाउने सरकारको तयारीप्रति कांग्रेसको असन्तुष्टि

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०८१, सोमबार ०४:४२

काठमाडौं । संकटग्रस्त सहकारीको छानबिनका लागि समिति बनाउने सरकारको तयारीप्रति कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ ।

गृहमन्त्री रवि लामिछानेलाई जोगाउने उद्देश्यसहित सरकारले छानबिन समिति खोजेको कांग्रेसको आरोप छ । सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि नै छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडान छ ।

संकटग्रस्त सहकारीमाथि मात्र छानबिन गर्ने सरकारको तयारीलाई कांग्रेसले छलछामको रूपमा लिएको छ ।

कांग्रेसले वैशाख २७ गते दिउँसो संसदीय दलको बैठक बोलाएको छ ।