२४ बैशाख २०८१, सोमबार
Follow Us

उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०७९, आईतवार ०३:४२

प्योङयाङ । उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ । उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो । कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ । शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको जनाएको थियो ।