१३ जेष्ठ २०८१, आईतवार
Follow Us

भागवद् गीतातिर झरना

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०७९, बिहीबार ०५:१८

काठमाडौं । अभिनेत्री झरना थापाले आगामी दिनमा चलचित्र निर्देशनलाई निरन्तता दिने बताएकी छिन् । लगातार ए मेरो हजुरको सृँखला निर्देशन गरेकी उनले यो सृँखला रोकेर अब नयाँ चलचित्र ‘भागवद् गीता’ निर्देशन गर्ने भएकी छिन् । आफुले तेश्रो निर्देशनमा तयार गरेको चलचित्र ‘ए मरो हजुर ४’ पनि सफल भएपछि उनले निर्देशकीय यात्रालाई निरन्तरता दिने बताएकी हुन् ।

अभिनेत्री तथा आफ्नी छोरी सुहाना थापाको साथ उनी दुई दिन अघिमात्र अमेरिका उडेकी छिन् । केही हप्ता अमेरिका बसेर नेपाल आएपछि उनले भागवद् गीतको बाँकी काम सुरु गर्ने बताएकी छिन् । ए मेरो हजुरको तीन वटा सृँखला निर्देशन गरेर तीन वटै सृँखलाबाट व्यबसायिक सफलता हाँसिल गरेकी झरनाले अब यो सृँखलाबाट बाहिर रहेर अर्को चलचित्र बनाउन लागेको बताएकी छिन् ।

अमेरिका उड्नु अघि उनले सञ्चारकर्मीलाई यस्तो प्रतिक्रिया दिएकी हुन् । यो चलचित्रमा पनि उनले छोरी सुहाना थापा र अभिनेता अनमोल केसीलाई अनुबन्धित गरेकी छिन् ।

अनमोललाई भागवद् गीतको कथा मन परेका कारण उनी यो फिल्मसँग जोडिएको बताईएको छ । पछिल्लो समय अनमोल र सुहाना श्रीकृष्ण भक्तहरुको विभिन्न कार्यक्रममा सक्रिय हुँदै आएका छन् । अनमोल पनि श्रीकृष्णको भक्त भएकाले उनले यो फिल्म खेल्न लागेको बताईएको छ ।

तर अनमोलले यो फिल्मको बारेमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । उनी आफ्नंै गृह व्यानरको फिल्म पारसको छायाँकनमा अब जोडिने छन् । त्यसपछि उनी अर्को फिल्म एक्स नाईनको छायाँकनमा जोडिने यी अभिनेताले बताएका छन् ।