१५ बैशाख २०८१, शनिबार
Follow Us

जनसम्पर्क समिति बेलायतले एनआरएनए अध्यक्ष कुल आचार्यलाई सम्मान गर्ने

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७९, शनिबार १८:०२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यलाई जनसम्पर्क समिति बेलायतले सम्मान गर्ने भएका छन् ।

जनसम्पर्क समिति बेलायतका अनुसार अध्यक्ष आचार्यलाई समितिले भोलि आइतवार लण्डनमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गर्न लागेको हो ।

कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको समेत विषेश उपस्थिती रहने छ ।

फेलथामास्थित नमस्ते गोर्खा रेष्टुरेन्टमा आयोजना हुने कार्यक्रममा सहभागी हुनको लागि जनसम्पर्क समितिले आग्रह गरेको छ ।