५ जेष्ठ २०८१, शनिबार
Follow Us

५६ लाख ६५ हजारले लिए श्रम स्वीकृति (कुन देशमा कति)

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७९, आईतवार ००:३६

काठमाडौं । फागुनसम्म वैदेशिक रोजगारीमा जान नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५६ लाख ६५ हजार २ सय २६ पुगेको छ ।

आर्थिक सर्वेक्षण २०७८ र ७९ का अनुसार यसमध्ये पुरुषको सङ्ख्या ५३ लाख ४८ हजार ८ सय १४ रहेको छ भने महिलाको सङ्ख्या ३ लाख १६ हजार ४ सय १२ रहेको छ।

आर्थिक वर्ष २०७८ र ७९ को फागुनसम्म थप ४ लाख १२ हजार ७ सय ८७ जनाले वैदेशिक रोजगारीमा जान नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्।