१४ जेष्ठ २०८१, सोमबार
Follow Us

सरकारले ल्यायो किसान पेन्सन योजना, १० प्रतिशत रकम सरकारले नै जम्मा गरिदिने

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७९, आईतवार ११:१७

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा किसान पेन्सन योजना ल्याएको छ । आइतबार संसद्मा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थापना गरिने बताए । कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने उनले बताए । उनले भने, ‘कोष स्थापना गर्न बीउ पूँजीका रुपमा १ अर्ब छुट्याएको छ ।’

उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट
सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि १० अर्ब ४८ करोड रूपैयाँ बजेट विनियोजित गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेको जानकारी दिए ।

दुर्गम क्षेत्रमा खाद्य सुरक्षाको लागि खाद्य भण्डार निर्माण एवम् खाद्यान्न तथा आयोडिनयुक्त नुन ढुवानी अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ । उद्योग तथा व्यवसायको प्रोत्साहन गर्दै औद्योगिक विकासको लागि वैदेशिक लगानी प्रवर्दन गरिने अर्थमन्त्री शर्माले बताए । उद्योग स्थापनाको लागि सरकारले ५० वर्षको लागि जग्गा दिने व्यवस्था मिलाउने भएको छ ।