२४ बैशाख २०८१, सोमबार
Follow Us

भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०७९, बुधबार ०६:३७

काठमाडौं । झापाको भद्रपुरका लागि आज (बुधबार) बिहान उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ ।

विमानमा केही समस्या देखिएपछि विमान पुन: काठमाडौं नै फर्किएको हो । विमानकाे टायरमा समस्या देखिएपछि भद्रपुरका लागि बिहान १० बजेर ४३ मिनेटमा उडेको विमान भद्रपुर नपुग्दै फर्काएर ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । बुद्ध एयरको विमानमा ६९ जना यात्रु सवार थिए ।

विमानलाई सकुशल अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ ।