१४ जेष्ठ २०८१, सोमबार
Follow Us

एउटै गीतमा रबी र बेनिशा

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार ०६:३७

काठमाडौं । गत वर्षका नेपाल आईडल बिजेता रवि ओड र यसपटक नेपाल आईडलकी प्रतियोगी गायिका बेनिशा पौडेल यतीबेला एउटै गीतमा सँगै प्रस्तुत भएका छन् । यी दुईको युगल स्वरमा नयाँ गीत ‘सुन माया’ को भिडियो बिहीवार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ ।

यो गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ । यो गीत रोमाञ्चक शैलीको छ । गीतको भिडियोमा किशोर किशोरीको प्रेम सम्बन्ध देखाईएको छ । भिडियोमा कलाकारहरु शुभम आचार्य र योगिशा खत्रीको अभिनय छ । उनीहरुबीचको टिनएज प्रेमलाई देखाइएको छ । भिडियोमा दुवैले लोभलाग्दो अभिनय गरेका छन् ।

यो गीतको भिडियोलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन छ ।