२७ श्रावण २०८२, मंगलवार
Follow Us

माधव नेपालले मन्त्री फेरे, झाक्रीको मन्त्री पद गयो ( को-को छन् नयाँ मन्त्री)

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०७९, आईतवार १०:२९

नेकपा ( एकीकृत समाजवादी) ले सरकारमा सहभागी भएका आफ्ना पार्टी मन्त्री फेर्ने भएको छ।

अध्यक्ष माधवकुमार नेपाल नयाँ मन्त्रीहरूको नाम बोकेर आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।

स्रोतका अनुसार नेपालले हिराचन्द्र केसी, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री बनाउन चाहेका छन्।

चौधरी शहरी विकास, श्रेष्ठ पर्यटन, कुँवर श्रम र केसी स्वास्थ्य राज्यमन्त्री बन्ने सम्भावना छ।

यसअघि आजै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले ६ महिना पुगेका पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। देउवा नेतृत्वको सरकारमा यसअघि विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ मन्त्री थिए भने भवानी खापुङ राज्यमन्त्री थिए।

धेरै पढिएको